मानिसहरू आफूलाई सुन्दर देखाउनका लागी के के नगर्लान् र? अझ युवकहरू भन्दा पनि युवतीहरूले सुन्दर देखिनका लागि विभिन्न किसिमको क्रिम वा महँगो समंग्रीहरूको प्रयोग गर्ने गर्छन् l जसले गर्दा उनीहरू आकर्षित देखिने गर्छन् l तर सबै युवकहरूलाई उक्त सजावट मन नपर्नु पनि सक्छ l त्यसैले केही उपायहरूलाई तल चर्चा गरिएको छ, जसलाई युवतीहरूले अपनाउँदा युवकले मन पराउदैछनन् । अझ तपाईँ आफ्नो प्रेम सम्बन्धको सुरुवात गर्दै हुनुहुन्छ र पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने त झनै भुलेर पनि नगर्नुहोस् यी काम !
छोटा पहिरन नलगाउनुहोस् :
अधिकांश जसो युवतीहरूको चाहना छोटो पहिरन लगाउने भएता पनि पुरुषलाई भने त्यस किसिमको पहिरन मन पर्दैन l किनकि कुनै प्रेमी आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहँदैनन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन लगाएर जानु मूर्खता साबित हुनेछ ।
धेरै मेकअप नगर्नुहोस् :
आफूलाई सुन्दर देखाउने नाममा बढी नै मेकअप नगर्नुहोस् । किनकि कतिपय पुरुषहरू धेरै मेकअप गर्ने महिला मन नपर्नु पनि सक्छ l त्यसैले मेकअप गरेता पनि लिमिटमा गर्नुहोस् जसले गर्दा तपाइको सुन्दरतालाई निखार्नेछ l
बनावटी कुरा नगर्नुहोस् :
अक्सर युवतीहरू अन्य व्यक्तिको नक्कल गरी बनावट कुराहरू गर्ने गर्छन् l तर जब तपाईँ पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ तब आफ्नो प्रेमीको सामु बनावटी कुरा नगर्नुहोस् l किनकि पुरुषहरू बनावटी कुरा गर्ने महिलाहरूलाई देखि सक्दैन् l
समयको लापरवाही नगर्नुहोस् :
यदि तपाईँ आफ्नो प्रेम सम्बन्धको सुरुवात गर्दै हुनुहुन्छ भने पहिलो पटक प्रेमीलाई भेट्न जाँदा ढिला नगर्नुहोस् l अक्सर पुरुषहरू समयको लापरवाही गर्ने युवतीलाई घृणा गर्ने गर्छन् न कि माया l