Logo

जीवनलाई खुलेर बाँच्न चाहनुहुन्छ ? यसो हो भने एक्लो रहनुहोस् !



Spread the love

एजेन्सी। हरेक सम्बन्ध र हरेक व्यक्तिको व्यक्तित्व भिन्न भिन्न हुन्छ । सम्बन्ध र स्वास्थ्यको तालमेल एक–आपसमा उल्झिएको छ। विभिन्न अध्ययनले बिबाहितको तुलनामा सिङगल मानिस बढी खुसी हुने देखाएको छ। एक्लो बस्नुका फाइदाहरु यस्ता छन् ।
जीवनलाई खुलेर बाँच्छन्ः
विशेषज्ञका अनुसार यस्ता धेरै मानिसहरु छन् जो सिंगल बस्दा पनि निकै खुसी हुन्छन् र जीवनलाई खुलेर बाँच्छन् । मानिसहरुले उनीहरुबारे के सोच्छन् भनेर उनीहरुलाई मतलबै हुँदैन । उनीहरु एक्लोपनमा राम्रोसँग बाँच्छन् ।
रुटिन बन्छः
स्वास्थ्य विज्ञका अनुसार विवाहितको तुलनामा एक्ला व्यक्ति आफ्नो स्वास्थ्यमा बढी ध्यान दिन्छन् । उनीहरु समयमा व्यायाम गर्छन्, स्वस्थ खानेकुरा खान्छन् र आफ्नो जीवनशैली पूर्ण रुपमा सही राख्छन् ।
सँगै हुन्छन् साथीः
म्यासाचुसेट्स युनिभर्सिटीको एक शोध अनुसार कपल्सको तुलनामा सिंगल व्यक्तिले सम्बन्ध निकै छिटो बनाउँछन् र आफ्नो दोस्ती निभाउँछन् । यतिमात्रै होइन, आफन्त र छिमेकीसँग पनि उनीहरुको सम्बन्ध राम्रो हुन्छ ।
कामबारे तनाव लिँदैनन्ः
विवाहित व्यक्तिको तुलनामा एक्ला व्यक्ति कम तनाव लिन्छन् र जीवन खुलेर बाँच्छन् । सन् २००५ को मिशिगन विश्वविद्यालयको एक शोध अनुसार विवाहित व्यक्तिको तुलनमा एक्ला व्यक्ति घरको काम कम गर्छन् ।
पैसाबारे कम तनावः
पैसा कम कमाउँदा पनि एक्ला व्यक्तिहरु खुसी हुन्छन् जबकि विवाहित व्यक्तिहरु यस्तो हुन सक्दैनन् ।
मुटुको स्वास्थ्यलाई खतराः
अमेरिकन कलेज अफ कार्डिओलोजीको एक अनुसन्धान अनुसार विवाहित व्यक्तिको तुलनमा सिंगल व्यक्तिमा मुटु रोगको खतरा पाँच प्रतिशत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्