Logo

नयाँ जीवनसाथी रोज्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्याउँदा मिल्नेछ खुसी



Spread the love

एजेन्सी । बाहिरी लुक्स एकदम आकर्षक भएको व्यक्ति देख्दा जोकोहीले हेर्छ, तर आफ्नो लाइफ पार्टनरका रूपमा भने भित्रि गुण नै हेरिन्छ । भनिन्छ नि ‘पुस्तक किन्दा खोल हेरेर नकिन्नु ।’ त्यस्तै हो जीवनसाथी रोज्दा पनि । जीवनसाथी सुन्दरता, सर्ट्फििकेट एवं सम्पत्तिलाई भन्दा पनि उसको स्वभाव र संस्कारलाई हेरेर बनाउने हो भने जीवन सधै सुन्दर हुन्छ । सुन्दरता, सर्ट्फििकेट र सम्पत्ति हेरेर विवाह गरिए पनि स्वभाव र संस्कार आफूसँग मिलेन भने सुन्दरता, सर्ट्फििकेट र सम्पत्ति सबै अर्थहीन हुन्छन। त्यसैले जीवनसाथी रोज्दा धेरै कुरा विचार गरौं । मुख्य कुरा आफूसँग स्वभाव एवं विचार मिल्छ कि मिल्दैन ध्यान र्पुयाऔं। ताकि आफूले रोजेको जीवन साथीसँग जीवनभर प्रेम एवं विश्वासका साथ एक रथका दुई पाङ्ग्रा भएर हिँड्न सकियोस्।
नयाँ जीवनसाथी रोज्दै हुनुहुन्छ यी कुरामा ध्यान पुर्याउँ
हरेक कुरामा उत्तरदायी एवं जिम्मेवार बोध गर्नुपर्छ । कुनै पनि समस्या, अप्ठ्यारमा भाग्ने होइन, त्यसलाई आफ्नो दायित्व सम्झेर सल्टाउने प्रयास गर्नुपर्छ ।

घर व्यवहार चलाउने कुरामा कतिपय मतभेद हुनसक्छ । व्यावहारिक कुराहरुमा उनीहरुले एकअर्काको काँध थाप्नुपर्छ । मान्छेको यो स्वाभाविक प्रकृतिलाई दुवैले बुझ्न र स्विकार गर्न जरुरी छ ।

यो बढ्दो आधुनिकीकरणसँगै पश्चिमा सिनेमाहरूको प्रभाव पनि होलाजस्तो लाग्छ । यो स्वास्थ्यका हिसाबले राम्रो होइन । राम्रो वा नराम्रोभन्दा पनि व्यक्तिको हेराइ र बुझाइमा फरक पर्ने कुरा हो जस्तो लाग्छ ।

हरेक परिवारको आफ्नै संस्कार हुन्छ । त्यही संस्कारले नै परिवारलाई एकढिक्का बनाइराख्छ । यसले ठूलालाई श्रद्धा गर्न, सानालाई माया गर्न सिकाउँछ । सबैको काम र कर्तव्य बोध गराउँछ । आपसी माया र सद्भाव कायम गर्छ । त्यसैले पारिवारिक संस्कारलाई दुवैले अँगाल्नुपर्छ

संस्कारले परिवारलाई पथभ्रष्ट हुन दिंदैन । यसले एकअर्काप्रति उत्तरदायी, जिम्मेवार, विनयी, विनम्र बनाउन अभ्यास गराउँछ ।

त्यसैले घर–परिवारको संस्कारलाई पालना गर्नुपर्छ । यसले अनुशासित जीवनशैलीमा बाँच्न सिकाउँछ । जब परिवारका सदस्यहरु अनुशासित हुन्छन्, तब परिवारको लय मिल्छ ।

धेरै गंभीर वा संवेदनशील हुँदा पनि आपसी सम्बन्ध राम्रो हुँदैन । जीवनलाई सरल रुपमा लिने र साधरण हिसाबले जीवनयापन गर्ने प्रयास गर्नुपर्छ । परिवारमा रमाइलो माहौल बनाइराख्नुपर्छ । सानो प्राप्तिमा खुसी हुने, रमाउने बानीको विकास गर्नुपर्छ । ख्यालठट्टा, मनोरञ्जनलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ ।

धैर्यका गुण रहनुपर्ने मत व्यक्त गर्छन्। पतिपत्नीबीच धैर्य भएमा जीवन अझ सुखी हुन्छ। यस्तो गुण भएमा कठिन परिस्थितिमा पनि दुबै एकअर्कालाई साथ दिएर समस्या समाधान हुन्छ।

विवाह अघि जीवनसाथीमा कत्तिका रिस छ भनेर थाहा पाउन जरुरी हुन्छ। रिस परिवारका लागि खतरनाक साबित गर्न सक्छ। व्यक्ति र परिवारको सुख पनि खोस्न सक्छ।

प्रतिक्रिया दिनुहोस्