Logo

पूर्ण सरसरफाई अभियानमा अनियमितता गर्नेलाई कारबाही गर्न वडाको माग



Spread the love

११ भदाै, गुल्मी । मालिका गाउँपालिकाको वडा नम्वर ८ मर्भुङ्गमा सञ्चालित पूर्ण सरसफाई अभियानमा अनियमितता गर्नेलाई वडाले कारबाहीको माग गरेको छ ।

मर्भुङ्ग स्वास्थ्य चौकीद्वारा सञ्चालित पूर्ण सरफाई अभियानमा मनपरी र बेथिति भएको समाचार सल्लेरी खबर लगायत अन्य सञ्चार माध्यममा प्रशारण तथा सम्प्रेषण भएपछि वडाले चासो देखाउँदै आज खेद प्रकट समेत गरेको छ ।

पूर्ण सरसफाई अभियानमा केन्द्र सरकारले १० लाख खर्चे पनि रकमको सहि सदुपयोग नभएको चौर्फीक गुनासो आएपछि विभिन्न सञ्चार माध्यमले समाचार लेखेका थिए ।

केही समय पहिलासम्म स्वास्थ्य चौकीको अनियमितता तथा मनपरीप्रति संरक्षण गरे जस्तो देखिने वडाले पछिल्लो समय भने सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

शुक्रबार वडा अध्यक्ष टीका बहादुर जिसीले हस्ताक्षर गरेको खेद प्रकट प्रस्ताव पत्रमा ‘पूर्ण सरसफाई अभियानमा वडा समितिको कुनै पनि संग्लनता छैन, यदी यस कार्यक्रममा अनिमितता भएको भए छानबlन गरी दोषी माथी कारबाही होस् । हामी सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ ।’ भनि उल्लेख गरिएको छ ।

पूर्ण सरसरफाई अभियानमा मनपरी र बेथिति भएको समाचार सल्लेरी खबरले भदौ ३ गते सम्प्रेषण गरेपछि मर्भुङ्ग स्वास्थ्य चौकीले आफूँखुसी प्रेस विज्ञप्ती र गैरजिम्मेवारी ढंगले खर्च विवरण सार्वजानिक गरेको थियो ।

यो पनि हेर्नुहोस् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्