Logo

पूर्ण सरसफाइ अभियानमा चरम लापरबाही, काम केही नगरी हचुवाको भरमा घोषणाको तयारी



Spread the love

३ भदाै, गुल्मी । ‘मालिकाको स्वाभिमान, पूर्ण सरसफाइ हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सञ्चालन गरिको प”र्ण सरसफाइ युक्त वडा घोषणा अभियानमा मालिका गाउँपालिकामा चरम मनपरी भएको पाईएको छ । गाउँपालिकाको वडा नम्बर ८ मा यस्तो मनपरी भएको पाइएको हो ।

अघिल्लो आर्थिक वर्षको फागुनदेखी सुरु गरिएको यो अभियानमा कामै नगरी घोषणाको तयारी गरिएको छ । ‘पूर्ण सरसफाइ अभियान,समृद्धिको पहिचान स्वच्छता आनीबानी परिवर्तन एवम् स्वस्थ घरको प्रवर्द्धन तथा अनुगमन’ भनेर निकै आदर्शको नारा दिएर सुरु गरिएको यो अभियान नारामै सिमत रहेको प्रष्ट भएको छ । अघिल्लो आर्थिक वर्षको फागुनदेखि सुरु गरेर असार मसान्तसम्म घोषणा गर्ने गरी १० लाख रुपैयाँ खर्च गरे पनि यो अभियान केवल नारा र भित्ते पोस्टरमा मात्र सिमित भएको हो ।

मनपरी र बेथितिको चाङ

मालिका गाउँपालिकाका तीन वटा वडालाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने अभियान चलाइयो । उक्त अभियानलाई केन्द्र सरकारले १० लाख आर्थिक सहयोग समेत प्रदान गर्यो । अभियानलाई सफल बनाउन वडा अध्यक्षको अध्यक्षतामा वडा स्तरीय सरसफाइ समिति पनि गठन गरियो । अनुगमन गर्नका लागि सहजकर्ता छनोट गरियो र व्यापक प्रचारप्रसार तथा तडकभडक देखाए पनि शुन्य कामको भरमा घोषणाका लागि मात्र बाँकी राखिएको छ । सुआहारा नामक गैर सरकारी संस्थासँग समन्वय गरी सञ्चालन गरिएको यो अभियान देखावटी, कार्यकर्ता पालनपोषण र जनप्रतिनिधिलाई एक दिन फुलमाला र अबिर लगाउने कार्यक्रम बन्न पुगेको छ , त्यो पनि कामै नगरी ।

चर्पीको प्रयोग, व्याक्तिगत स्वच्छता, हात धुने स्थान, खानेपानीको सुरक्षा, खानाको स्वच्छता तथा सुरक्षा, घर तथा आगनको सरसफाइ गरी ६ वटा इन्डिकेटरलाई आधार बनाएर हरेक महिना नागरिकको घरमा पुगेर अनुगमन गर्ने कार्यक्रम भए पनि ६ महिनाको एक चोटी, दुई चोटी या आँफु खुसि अनुगमन गरेको र अनुगमनको लागि राखिएको पोस्टरमा आँफुखुसि टिक लगाएको नागरिकले गुनासो गरेका छन् ।

अभियानको समन्वय गरिरहेको मर्भुङ स्वास्थ्य चौकीका प्रमुख शुसिल अर्याल वडा ठुलो भएको र सबै नागरिकको घरमा सहजकर्ता पुग्न नसक्ने भन्दै पन्छिएका छन् । त्यस्तै, वडा अध्यक्ष तथा यस अभियानका अध्यक्ष रहेका टिका बहादुर जिसिले पनि वडा ठुलो भएको र सबैको घरमा पुग्न गाह्रो हुने भन्दै गैर जिम्मेवारी जवाफ दिएका छन् ।

राज्यले १० लाख रकम छुटाउँदा समेत सहजकर्ता भएन भनेर पन्छिन वडा अध्यक्ष र स्वास्थ्य चौकी प्रमुखलाई कुन नैतिकताले दिन्छ ? भनेर मर्भुङबासिले प्रश्न समेत गरेका छन् ।

घोषणाको मुख्य पाटो अनुगमन नै नगरी घोषणा गर्नु, १० लाख स्वाहा पार्नु कामचोर प्रवृत्ति भएको र यो प्रवृत्तिलाई वडाले संरक्षण गरेको स्थानीयले आरोप लगाएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्