विश्वभर कोरोनाको संक्रमण र यसबाट मृत्यु हुनेहरुको संख्या निरन्तर बढ्दोक्रममा छ । साथसाथै, यसबाट निको भएर घर फर्किनेको संख्या पनि उल्लेखनीय नै रहेको छ । एकातिर त्रासको स्थिती रहेको भएतापनी हाम्रो सतर्कता र सकारात्मक सोचले यसको सामना भने गर्न सकिन्छ ।
नेपाल सरकारले अहिले कोरोना सतर्कता स्वरुप लकडाउनको घोषणा गरेको छ । सबै नेपालीहरू अहिले सेल्फ-क्वारेन्टाइन स्वरुप घरमै बसिरहेका छन् । यस्तो अवस्थामा सेल्फ-क्वारेन्टाइनको बसाईलाई कसरी फलदायी बनाउन सकिन्छ त भन्ने सोचिरहनु भएको छ भने आफ्नो व्यक्तिगत विकासको लागि प्रेरक पुस्तक पढ्ने पनि एउटा राम्रो अप्सन हुन सक्छ ।
विभिन्न एजेन्सीहरुको सहयोगमा हामीले सेल्फ क्वारेन्टाइनको यो फुर्सदिलो समयमा पढ्न सकिने १२ प्रेरक पुस्तकको सुची तयार पारेका छौं । सुचीलाई सक्दो पुर्ण बनाउने कोसिस गरिएको छ, तर यदि कुनै पुस्तक छुटेको यहाँलाई लागेमा प्रतिक्रिया दिनुहोला ।
१. द आर्ट अफ वार
लेखक : सुन चु
२. द फोर एग्रीमेन्ट्स: अ प्राक्टिकल गाइड टु पर्सनल फृडम
लेखक : मिगुल रुज
३. सेभेन ह्याबिट्स अफ हाइली इफेक्टिभ पिपल
लेखक : स्टेफेन आर. कोभे
४. हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल
लेखक : डेल कार्नेगी
५. थिङ्क एण्ड ग्रो रिच
लेखक : नेपोलियन हिल
६. द म्याजिक अफ थिङ्किङ बिग
लेखक : डेभिड जे. स्वार्ज
७. हाउ सक्सेसफुल पिपल थिङ्क : चेन्ज योर थिङ्किङ, चेन्ज योर लाइफ
लेखक : जोन सी. म्याक्स्वेल
८. द फाइभ सेकेन्ड रुल : ट्रान्सफर्म योर लाइफ, वर्क, एण्ड कन्फिडेन्स विथ एभृडे करेज
लेखक : मेल रोबिन्स
९. गुड डेज स्टार्ट विथ ग्राटिच्युड : अ ५२ विक गाइड टु कल्टिभेट एन एटिच्युड अफ ग्राटिच्युड
लेखक : प्रेटी सिम्पल प्रेस
१०. द सब्टल आर्ट अफ नट गिभिङ अ फक
लेखक : मार्क म्यानसन
११. यु क्यान विन
लेखक : शिव खेरा
१२. रिच ड्याड, पोर ड्याड
लेखक : रोबर्ट टी. कियोसाकी
यी पनि पढ्नुहोस् !
सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने बलिउडका ४५ गज्जब फिल्महरू
सेल्फ क्वारेन्टाइन सुझाव : नेपाली फिल्म हेर्ने मुडमा हुनुहुन्छ भने नछुटाउनुस् यी २५ सुन्दर फिल्म
सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने फरक स्वादका ५५ हलिउड फिल्महरू
सेल्फ क्वारेन्टाइन सुझाव : घरमा रिल्याक्स भएर बस्न अपनाउन सकिने ६ उपायहरू
सेल्फ क्वारेन्टाइन सुझाव : घरभित्रको बसाईलाई कसरी फलदायी बनाउने ? अपनाउनुहोस् यी १० उपायहरू