Logo

सेल्फ क्वारेन्टाइन सुझाव : घरमा रिल्याक्स भएर बस्न अपनाउन सकिने ६ उपायहरू



Spread the love

संसारैभर अहिले कोरोना महामारीले त्रासको स्थिती सृजना गरेको छ । यस्तो अवस्थामा अहिले अधिकांश मान्छेहरु सेल्फ-क्वारेन्टाइन स्वरुप घरमै बसिरहेका छन् । कोरोना संक्रमण रोक्न हाम्रो सावधानीले ठूलो महत्व राख्छ ।

तर, के तपाईं घरमा लगातार बस्दा बस्दा दिक्क हुनुभएको छ ? या, के-गरौं, कसो गरौंको स्थितिमा बेचैन हुनुहुन्छ ? यसो हो भने, यहाँ कोभिड-१९ सेल्फ क्वरेन्टाइनमा रिल्याक्स भएर घरमा बस्नकालागि अपनाउन सकिने ६ उपायहरुबारे चर्चा गरिएको छ :

१. घरभित्रै भए पनि बेलाबेलामा हिड्डुल गर्नुहोस् । यसले न कि तपाईंको शारिरिक प्रकृया मात्र सुधार गर्छ, बरु तपाईंको मानसिक थकान पनि कम गर्छ । जसले गर्दा तपाईं एकछिनको हिड्डुल पश्चात् पुन: मजाले बस्न सक्नुहुन्छ ।

२. प्रशस्त सुत्नुहोस् । पर्याप्त मात्रामा सुत्नाले, ७-८ घण्टा, तपाईंको रोग प्रतिरोधात्मक क्षमतामा समेत सुधार हुन्छ । तर, यसो भन्दैमा अत्यधिक पनि नसुत्नुहोस्, यसले उल्टै अर्को समस्या निम्त्याउन सक्छ ।

३. योगा अभ्यास गर्नुहोस् । योगाको महत्व अहिले संसारैभर फैलिरहेको स्थिती छ । यसले हामीलाई मन, शरीर र संसारसँग साक्षात्कार गराउँछ । योगाले हाम्रो मुड, बेचैनी र मानसिक थकानमा सकारात्मक सुधार ल्याउँछ । अनलाइनमा धेरै योगा कक्षाका भिडियोहरु पाउन सकिन्छ, जसबाट हामीले सजिलै योगा सिक्न सक्छौं ।

४. गीत-संगीत सुन्नुहोस्, सिनेमा हेर्नुहोस् या किताब पढ्नुहोस् । अरुबेला विभिन्न व्यस्तताले हामी हामीलाई रुचि लागेका कुराहरु गर्न सकिरहेका हुँदैनौ । तर, अहिलेको यो क्वारेन्टाइन स्थितिमा हामीले आफ्नो मनपसन्द सिनेमा हेरेर, या किताब पढेर या गीत सुनेर आफुलाई रिल्याक्स महसुस गराउन सक्छौं । यसले गर्दा हाम्रो मस्तिष्कमा अनावश्यक नराम्रा सोचहरू आउन नपाउनुका साथै सृजनशील हुन सकिन्छ ।

५. साथीभाइ, आफन्तजनसँग अनलाइन कुराकानी गर्नुहोस् । तपाईंले क्वारेन्टाइनको सेलिब्रेसन स्वरुप विभिन्न देशहरुमा गीत गाइरहेका मान्छेहरुका भाइरल भिडियो त देख्नु भएकै होला । अहिलेको योबेलामा हामीले जतिसक्दो सकारात्मक अनि आशावादी उर्जा छर्दै सतर्कता अपनाउन सक्नुपर्छ । यसका लागि पनि साथीहरु, आफन्तजनसँग अनलाइन कुराकानी गर्नुहोस् ।

६. पेन्टिङ गर्नुहोस्, रंगसँग खेल्नुहोस् । पेन्टिङ गर्नु एक साधना हो । जस्तो गर्नुहोस्, जुन लेभलको गर्नुहोस् । तर पेन्टिङ गर्नुस् । वैज्ञानिकहरुको अध्ययनले के देखाएको छ भने रंगहरुसँग खेल्नाले हामीमा तनाब कम हुनुका साथै सकारात्मक महसुस हुन्छ ।

सबैजना घरमै बसौं, बाहिर कोही नजाऊँ । कोरोना भाइरस आफैँ घरमा आउनेछैन । तपाईँ खोज्दै बाहिर नजानोस् । घरभित्रको समयलाई सदुपयोग गर्नुहोस्, सकारात्मक एवम् आशावान हुँदै सतर्कता अपनाउनुस् । उच्च सतर्कता अपनाऔँ, आतंकित नबनौँ ।

यी पनि पढ्नुहोस् !

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने बलिउडका ४५ गज्जब फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : व्यक्तिगत विकासका लागि पढ्न सकिने १२ प्रेरक पुस्तक

सेल्फ क्वारेन्टाइन सुझाव : नेपाली फिल्म हेर्ने मुडमा हुनुहुन्छ भने नछुटाउनुस् यी २५ सुन्दर फिल्म

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने फरक स्वादका ५५ हलिउड फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरभित्रको बसाईलाई कसरी फलदायी बनाउने ? अपनाउनुहोस् यी १० उपायहरू

प्रतिक्रिया दिनुहोस्