Logo

सेल्फ क्वारेन्टाइन सुझाव : घरभित्रको बसाईलाई कसरी फलदायी बनाउने ? अपनाउनुहोस् यी १० उपायहरू



Spread the love

विश्वभर कोरोनाको संक्रमण र यसबाट मृत्यु हुनेहरुको संख्या निरन्तर बढ्दोक्रममा छ । साथसाथै, यसबाट निको भएर घर फर्किनेको संख्या पनि उल्लेखनीय नै रहेको छ । एकातिर त्रासको स्थिती रहेको भएतापनी हाम्रो सतर्कता र सकारात्मक सोचले यसको सामना गर्न सकिन्छ ।

नेपाल सरकारले अहिले लकडाउनको घोषणा गरेको छ । सबै नेपालीहरू अहिले सेल्फ-क्वारेन्टाइन स्वरुप घरमै बसिरहेका छन् । यस्तो अवस्थामा सेल्फ-क्वारेन्टाइनको बसाईलाई कसरी फलदायी बनाउन सकिन्छ त भन्ने सोचिरहनु भएको छ भने हामीले केही उपायहरू, विभिन्न एजेन्सीहरुको सहयोगमा, तयार पारेका छौं ।

जान्नुहोस्, घरभित्रको सेल्फ-क्वारेन्टाइन बसाईलाई फलदायी बनाउने १० महत्वपुर्ण उपायहरू:

१. मेडिटेसन

अक्सर यस्तो महामारीको समयमा मान्छेहरुमा मानसिक तनाब, थकान एवम् बेचैनी देखिने सम्भावना हुन्छ । यसबाट बच्नका लागि मेडिटेसनको आवश्यकता पर्छ । घरमै आफुलाई सहज लाग्ने ठाउँमा गीत-संगीतको रसपान गर्दै मेडिटेसन गर्न सकिन्छ ।

२. सीप सिक्नुहोस्, ज्ञान बढाउनुहोस्

अनलाइन माध्यमहरुमा अचेल थुप्रै सीपमुलक कुराहरु सजिलै भेट्न सकिन्छ । धेरै साइटमा त विभिन्न मास्टरक्लास कोर्सहरु पनि चलिरहेका हुन्छन् । यस्तो बेलामा हामीले आफुलाई सीप र ज्ञानको माध्यमबाट थप सृजनशील एवम् उर्जावान् बनाउन सक्छौं ।

३. आफ्नो हेरचाह एवम् सुरक्षा

सर्वप्रथमत: कोरोनाबाट बच्न आफ्नो सतर्कतामा ख्याल गर्नुहोस् । अनि, आफ्नो शरीरको हेरचाह गर्नुस् । आफ्नो कियर गर्नु पनि हरकोहिका लागि एउटा महत्वपुर्ण कुरा हो । त्यसैले यस्तो बेलामा नुहाउनुस्, कपाल मिलाउनुस्, स्किन कियर गर्नुहोस्, शरीरलाई फुर्तिलो-चम्किलो पार्नुस् । यसले हामीलाई रोगप्रतिरोधी क्षमता पनि बढ्न सघाउँछ ।

४. व्यायाम गर्नुहोस्

व्यायामले शारीरिक फुर्ती त दिन्छ नै, साथसाथै मानसिक रुपमा समेत संवत्: स्फुर्त पार्छ । त्यसैले घरमै भए पनि व्यायाम गर्न नछोड्नुस् ।

५. सोसल मिडियामा कम समय दिनुस्, परिवारमा रमाउनुस्

सोसल मिडियाले हामीलाई निकै च्यापिसकेको छ । यसको अत्यधिक प्रयोग हाम्रोलागी हानिकारक हुनसक्छ । त्यसैले काम पर्दा बाहेक अरुबेलामा सोसल मिडियामा धेरै समय खर्च नगर्नुस् । यसले मानसिक बेचैनी बढाउँछ ।

६. आफू वरपर सफा राख्नुस्

सफा वातावरण, सफा दिमाग । हाम्रो वरपरले पनि हाम्रो मानसिक स्थिती प्रतिविम्वित गर्छ । त्यसैले सकभर आफू वरपर सफा राखौं । यसले एकखाले गुड भाइब्स प्रदान गर्छ र सकारात्मक बनाइरहन मद्दत गर्छ ।

७. किचेनमा जानुस्, खानेकुरा पकाउनुस्, सिक्नुस्

खाना, हामी सबैको जिन्दगीको एकदमै महत्वपुर्ण कुरा हो । हाम्रो जिन्दगीको कति लामो समय नै यसको निम्ति बितिरहेको हुन्छ । त्यसैले खाना पकाउने कुरालाई सेलिब्रेट गर्नुस् । किचेनमा जानुस्, आमालाई सघाउनुस् या आफै पकाउनुस् या युट्युब हेर्दै कुनै नयाँ परिकार पकाउन सिक्नुस् ।

८. गीत सुन्नुस्, सिनेमा हेर्नुस् या त कुनै किताब पढ्नुस्

सृजनशीलताले हामीलाई सदा सकारात्मक बनाउँछ । उर्जा प्रदान गर्छ र आशावान् बनाउँछ पनि । सेल्फ क्वारेन्टाइनको यो समयमा तपाईंले आफ्नो मनपसन्द किताब या फिल्म पढ्न/हेर्न पनि सक्नुहुन्छ । यसले मोनोटोनी ब्रेक गर्नुका साथै मानसिक रुपमा फ्रेश बनाइराख्छ ।

. योगा अभ्यास गर्नुहोस्

योगाको महत्व अहिले संसारैभर फैलिरहेको स्थिती छ । यसले हामीलाई मन, शरीर र संसारसँग साक्षात्कार गराउँछ । योगाले हाम्रो मुड, बेचैनी र मानसिक थकानमा सकारात्मक सुधार ल्याउँछ । अनलाइनमा धेरै योगा कक्षाका भिडियोहरु पाउन सकिन्छ, जसबाट हामीले सजिलै योगा सिक्न सक्छौं ।

१०. डायरी लेख्नुस्

लेख्नु एकदमै फलदायी कुरा हो । यसले हामीलाई सकारात्मक बनाउँछ,आनसिक स्फुर्ती प्रदान गर्छ । त्यसैले दिनहुँ केही न केही लेखिरहनुस् । प्लान बनाउनुस्, आफुलाई समय दिनुस्, लेख्नुस् ।

सबैजना घरमै बसौं, बाहिर कोही नजाऊँ । कोरोना भाइरस आफैँ घरमा आउनेछैन । तपाईँ खोज्दै बाहिर नजानोस् । घरभित्रको समयलाई सदुपयोग गर्नुहोस्, सकारात्मक एवम् आशावान हुँदै सतर्कता अपनाउनुस् । उच्च सतर्कता अपनाऔँ, आतंकित नबनौँ ।

यी पनि पढ्नुहोस् !

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने बलिउडका ४५ गज्जब फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : व्यक्तिगत विकासका लागि पढ्न सकिने १२ प्रेरक पुस्तक

सेल्फ क्वारेन्टाइन सुझाव : नेपाली फिल्म हेर्ने मुडमा हुनुहुन्छ भने नछुटाउनुस् यी २५ सुन्दर फिल्म

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने फरक स्वादका ५५ हलिउड फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरमा रिल्याक्स भएर बस्न अपनाउन सकिने ६ उपायहरू

प्रतिक्रिया दिनुहोस्