सीताराम भट्टराई (मधुकर)
वर्षौ सम्म गुलावको आत्महत्या सम्बन्धमा निकै बहस चलिरहेको थियो । त्यो समय गुलावको मात्रै होईन थुप्रै गुलाव प्रेमीहरुको बहस पनि थियो। ‘प्रेमी’ गुज्रीरहेको प्रहरहरुमा निदाउन हर प्रयत्न गर्छ तर केही अकल्पनिय घटनाह?ले निदाउन दिईरहेका थिएनन । हरेक प्रतिक्षाका घडिहरु विस्तारै चलिरहेका थिए भने मुटुका चालहरु निकै बढी थिए । घरी वेटारिएको सिरक नबेटारिएको सिरानी उही माथि एक्लो र सुनसान घर डरलाग्दो थियो । लगभग रातको दोस्रो प्रहरमा प्रेमीको हातमा अलि पुरानो तर निकै कहालिलाग्दो स्मृतिले चिर्थोछ । जुन यस्तो सुसाइड नोट, जहाँ गुलावले आफ्नो आत्महत्या सम्बन्धी यथार्त चित्रण गरेकी थिईन । उतिबेला प्रेमीको मनमा चिसो पस्छ र एकछिन भौतारिदै सुसाइड नोट आफ्ना आँखाहरुमा स्पर्श गर्न थाल्छ । प्रिय ‘प्रेमी’ म सँग त्यस्तो कुनै आलिसमान महल थिएन जहाँ तिमीले आराम लिन सक्थ्यौ ।
न म कुनै सोम रशपान गर्थे र तिमीले वियरको एक चुस्कीमा हरेक साँझ कटाउन सक्थ्यौ । हरेक वर्ष पराई हुदै गएका प्रिय स्मृतिहरुले दिएनन फलामे बारहरु भत्काउन र दिएनन वाढी पहिरो किनार लगाउन । र पनि तिमी हमेशा मेरो साथमा थियौ। तिमीलाई थाहा थियो कि साँझपख दुध चुसाउदै भोको पेटमा निदाएकी आमा कहिल्यै नउठेपछि म भोकको विद्रोह गर्दै सडक तिर बरालिए ।
अनि छोरीको भविष्य खोजेर कालापहाड हिडेका बा कारहिउँ परेको लेकमा चिसोले कठाबग्रीएर ढलेपछि म अबको विद्रोह गरे शहरतिर बरालिएको । तिमीलाई थाहा थियो म गरिबी, अशिक्षा र उत्पीडनले भित्रभित्रै भासिएको र पनि तिमी मेरै साथमा थियौ । तर त्यो समय रहेन प्रेमी’ तिमी गगनचुम्बी महलको सफरमा रफ्तारले हिडेपछि उक्लिन सकिन महलका खुट्किलाहरु र सकिन उत्सवका पहाडहरु चढ्न । उत्तर हिमालयमा हिम आँधी नआएको भए सायद सकिन्थ्यो कि जीवनका भवसागर पार गर्न। सिन्दुरका खुशीहरु खोसिएपछि रहेनन मेरा गुलाबी उमेरहरु, बैशमा डढेलो लागेपछि रहेनन मेरा गुलाबी रंगहरु र च्यातिएर धुजाधुजा भए मेरा गुलाबी पत्रहरु …
तिम्रो ‘गुलाब’ अस्मिता लुटिनबाट बच्न सकिन । प्रिय तिमीले मिलाई दिने केशहरु उजाड बनिसकेका थिए । तिमीले चुम्बन गर्ने ओठहरु चिथोरिएका थिए । गुलाबी रब्गमा कालो अनुहार म कसरी देखाउन सक्थे ? प्रिय पे्रमी म तिमीलाई औधी माया गर्छु तर त्यो प्रतिक्षाको मुहार तिमीलाई देखाउन सकिन । म चाहन्छु कि म जस्ता गुलाबहरु अपराधीको घेराबन्दीमा नपरुन र तिमी जस्तै प्रेमीहरु सधै खुसी रहनु । आवेगमा निर्णय नलिनु, प्रतिक्षा गरिरहेका प्रेमी प्रेमिकालाई कलिल्यै नविर्सनु, स्वार्थमा मुटुहरु नसाट्नु र जीवनका कठिन सफरमा हमेशा साथमा रहनु, त्यसकाल उप्रान्त हरेक साँझ ‘प्रेमी’ जीवनका प्रिय स्मृतिहरु पल्टाउछ र निदाउने कोसिस गर्छ ।