दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको नेपाली कथानक चलचित्र आमा सेन्सर बोर्डबाट पास भएको छ ।
प्रदर्शनयोग्य चलचित्र प्रमाणित गरी सेन्सर बोर्डले आमालाई पास दिएको हो ।
चलचित्र आमामा आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई देखाइएको छ । चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ । मिथिला र सुरक्षाको साथमा सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारी, देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय पनि रहेको छ । चलचित्रको अधिकांश दृश्य पानीमा देखाइएको छ । पानी नपरेको कारण धेरै चोटि सुटिङ्ग रोकिएको थियो ।
चलचित्र स्वदेश र विदेशका दुई देश अमेरिका र अष्ट्रेलियामा पनि एकैसाथ प्रदर्शन हुनेछ । चलचित्र फाल्गुण ९ गते रिलिज हुने छ ।
प्रतिक्रिया दिनुहोस्