Logo

‘कबड्डी ४’ मा मिरुना मगर अनुबन्धित



Spread the love

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी’मा रिश्मा गुरुङले मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । कबड्डीको दोस्रो सिरिज ‘कबड्डी कबड्डी’मा पनि रिश्मा गुरुङले नै मुख्य भूमिका निर्वाह गरिन् भने कबड्डीको तेस्रो सिरिजको लागि नायिका उपसना सिंह ठकुरीलाई मुख्य भूमिका निर्वाहकी थिइन् ।

कबड्डी निर्माण पक्षले सुरुदेखि तीनवटा सिक्वेल निर्माण गरिसक्दा नायिकाहरू पनि फेरिइरहेका छन्। यो चौथो सिक्वेलमा पुराना नायिकाले दोहोरिने मौका पाउने या नपाउने कुनै टुंगो नलागे पनि दुई नयाँ नायिकाले प्रवेश पाउने पक्का भएको छ। ती नायिकाहरू मिरुना मगर र गौमाया यात्री हुन्। उनीहरू भर्खरै यो चलचित्रका लागि अनुबन्धित भएका हुन्।  

चलचित्रमा निश्चल बस्नेतको केमियो भूमिकामा रहनेछ । यसको छायांकन वैशाखबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ । ‘कबड्डी ४ फाइनल म्याच’ को प्रदर्शन मिति आउँदो सालको असोज १५ गतेलाई तय गरिएको छ ।

यो चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भइसके को छन् ।

रामबाबुले यो चलचित्रलाई ‘फाइनल म्याच’ भन्दै आएका छन् । उनले भने–‘फाइनल म्याच नै भनेर चलचित्रको कथा लेखिरहेको छु । तर, भोली लेख्दै जाँदा म्याचमा जालझेल पनि हुन सक्छ ।’ यो चलचित्रको छायांकन वैशाखबाट सुरु गर्ने योजनामा रामबाबु छन् । छायांकन जानु अगाडि यो चलचित्रका सबै कलाकारको पीसीआर परिक्षण गरिने रामबाबुले बताए ।

प्रतिक्रिया दिनुहोस्