Logo

सुरेन्द्र पौडेलको चलचित्र ‘बाबरी’ को अन्तिम समयमा नितेशजंग आउट, धिरज इन



Spread the love

काठमाडौं । चलचित्र ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेलले निर्देशनमा बन्न लागेको नयाँ चलचित्रबाट गायक नितेशजंग कुँवर आउट भएका छन् भने उनको ठाउँमा धिरज मगर इन भएका छन् ।

उक्त चलचित्र सुटिङको अन्तिम तयारी रहेको ‘बाबरी’ले अन्तिम समयमा कलाकार परिवर्तन गरेको छ । तर सुटिङको मुखमा नै कोरोना भाइरसको महामारी सुरु भएपछि यो चलचित्र फ्लोरमा जान सकेको थिएन ।

चलचित्रको मुख्य भूमिकामा अभिनेत्री अदिती बुढाथोकी र नितेशजंग कुँवर रहेका थिए भने कुँवरलाई आउट गरेर धिरजसँग कागजी सम्झौता नगरेको निर्माण टिमले बताएको । 

निर्माण टिम र धिरजबीच मौखिक सम्झौता भइसकेको छ तर लेखापढी भने हुन बाँकी छ । धिरज ‘आइ एम ट्वान्टी वान’को बाँकी सुटिङका लागि धरान निस्किएका कारण यसको काम सकिएपछि मात्र दुवैबीच सम्झौता हुनेछ । 

चलचित्र यहि चैत २० गतेबाट छयांकन सुरु हुने र्निाण टिमको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्