![](https://i0.wp.com/kantipurtechbackupsystem.sgp1.digitaloceanspaces.com/IMG/sallerikhabar/2020/02/brad-pitt-leonardo-dicaprio_0.jpg?resize=750%2C750&ssl=1)
एजेन्सी । हलिउडका कलाकार ब्राड पिटले वन्स अपन अ टाइम इन हलिउडका कलाकार लियोनार्डाे डीक्याप्रिओसँग प्रेमिल सम्बन्ध भएको र उनीप्रति सम्मान रहेको बताएका छन् ।
लियोनार्डाे डीक्याप्रिओसँगकाे केमिस्ट्री बारेमा प्रश्न गर्दा पिटले भने,“उनले मलाइ लभर भनी बोलाउँछन् । यसले मलाइ केही भ्रममा पारेको छ तर धेरैजसो साथीहरुले यसैगरी जिस्काउँछन्, हामीले एक अर्कालाई सम्मान गर्छौँ, हामीसँग एकले अर्कासँग हाँसी मजाक गछौँ । यो प्रक्रिया सरल नै छ ।”
वन्स अपन अ टाइम इन हलिउड क्वान्टिन टारन्टिनोद्धारा निर्देशित चलचित्र हो । प्रस्तुत चलचित्रबाट ब्राड पिटले बेस्ट सपोर्टिङ्ग एक्टरमा गोल्डेन ग्लोब अवार्ड पाइसकेका छन् । ९२ औँ ओस्कारमा प्रस्तुत चलचित्र विभिन्न १० विधामा मनोनित भएको छ ।
प्रतिक्रिया दिनुहोस्