Logo

जिन्दगीको कालो दिनलाई सम्झिँदा गायिका डेमीले



Spread the love
Image result for गायिका डेमी

काठमाडौं । अमेरिकन गायिका डेमी लोभाटोले हालै आफ्नो व्यक्तिगत जिन्दगीका कालो दिनलाई दर्शकसामु सेयर गरेकी छिन् ।

हालै उनले लागुऔषधको अधिक सेवनका कारण भएको मानसिक तनाव र अस्पतालमा गर्नुपरेको कष्टबारे खुलेर बोलेकी छिन् ।

डेमीले यी सबैकुरा उनको आउन लागेको युट्युब डकुमेन्ट्रीको ट्रेलरमा भनेकी हुन् । ‘डेमी लोभाटोः डान्सिङ विथ द डेभिल’ नाम चार भागको युट्युब डकुमेन्ट्रीको बुधबार ट्रेलर रिलिज गरिएको छ । 

जसमा गायिका डेमीले सन् २०१८ मा ‘हिरोइन’ नामक लागुऔषधको अधिक सेवनका कारण धेरैपटक स्ट्रोकबाट गुज्रिनु परेको र ह्दयाघात भएको बताएकी हुन् । जसका कारण उनलाई अस्पतालको इमर्जेन्सीमा भर्ना गर्नुपरेको थियो ।

“म सँग ५ देखि १० मिनेट मात्रै समय छ भनेर डाक्टरहरुले भन्नुभएको थियो,” रिलिज ट्रेलरमा उनले भनेकी छिन् । 
त्यसको असर अहिलेसम्म पनि भोगिरहेको डेमीले पत्रकारसँगको भर्चुअल भेटमा भनेकी छिन् । “त्यसको असर म आजसम्म पनि भोगिरहेको छु, मेरो ब्रेन ड्यामेज भयो । म कार चलाउँदिन किनभने त्यसलेगर्दा मेरो आँखाको दुष्टि धमिलो भएको छ । लामो समयसम्म मलाई पढ्नमा समस्या भएको थियो ।”

मार्च २३ मा प्रिमियर हुन लागेको डेमीको युट्युब डकुमेन्ट्रीमा दुर्व्यवहारबारे र उपचार र सशक्तीकरणको प्रक्रियाबारे देखाइनेछ । -सीएनएन

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्