काठमाडाैं । नेपाली कथानक चलचित्र परदेशीको सिक्वेल बन्ने भएको छ ।
२०७२ सालमा रिलिज भएको परदेशी चलचित्रमा प्रशान्त तामाङको अभिनय रहेको थियो । तर सिक्वेलमा भने लोक गायक प्रकाश सपुतले नायकको रुपमा डेब्यू गर्ने भएका छन् ।चलचित्रमा प्रकाश सपुतलाई वर्षा सिवाकोटीले साथ दिने भएकी छिन् ।
चलचित्रको बारेमा निर्माण पक्षले केही पनि बताएको छैन । जागिर खोज्दै परदेश गएका युवाहरुको कथामा आधारित चलचित्र बन्नेछ ।
परदेशी–२ लाई नारायण रायमाझीले निर्देशन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्