Logo

कसरी गर्ने योग अभ्यास?



Spread the love

के तपाईँ योग गर्नुहुन्छ? यदि गर्नुहुन्छ हुन्छ भने अपनाउने गर्नुहोस् यी तरिका जसबाट थाहा पाउन सकिन्छ कि योग अभ्यास कसरी र कति गर्ने ? त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे l

  • सबै भन्दा राम्रो योग गर्ने समय भनेकै बिहान खाली पेट हो । अन्य समयमा योग गर्नु परेमा खाएको ४ घण्टा वा हल्का खाएको दुई घन्टापछि गर्नु उचित रहन्छ l
  • योग गर्दा हमेशा शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा गर्ने बानी बसाल्नुपर्दछ l
  • जब तपाईँ योग अभ्यास गर्नु हुन्छ तब आधा घन्टाजति कुरेर मात्र खान खाने गर्नुपर्छ l
  • योग गर्दा सधैँ एउटै समय पारेर कम्तीमा २० मिनेट वा बढीमा ९० मिनेटसम्म योग गर्ने गर्नुपर्छ l
  • जब तपाईँ योग अभ्यास गर्नुहुन्छ तब कपडा खुकुलो एवं सजिलो खालको लगाउनुपर्दछ l
  • यदि तपाईँ चस्मा र कन्ट्याक लेन्सको प्रयोग गर्नुहुन्छ भने योगको बखत यसलाई पनि निकाल्नुपर्छ ।
  • सकेसम्म दिशा पिसाब सक्काएर मात्रै योग गर्दा बढी लाभदायिक हुने गर्छ l
  • यदि तपाईँ दीर्घरोगको सिकार हुनुहुन्छ भने योग गर्दा विज्ञको सल्लाह लिएर मात्र गर्ने बानी बसाल्नुहोस् l
  • तपाईँले नियमित गर्ने योगबाट फाइदा लिनका लागि कम्तीमा पनि ३ देखि ६ महिना सम्म योग अभ्यास गर्नुपर्छ l
  • उच्च रक्तचाप, मुटु रोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरण शक्ति न्यून भएका व्यक्तिहरूले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन।

प्रतिक्रिया दिनुहोस्