Logo

घरमा बस्दाबस्दै अल्छि लाग्यो ? यो योगासनले पुर्याउन सक्छ फाइदा !



Spread the love

एजेन्सी । विश्वभर कोरोनाको महामारी फैलिएको छ । कोरोनालाई ध्यानमा राखेर विभिन्न ठाँउमा लकडाउन गरिएको छ। लकडाउनले गर्दा धेरै जना घरमै नजरबन्द भएका छन् । घरमा बस्दाबस्दै धेरैलाई अल्छि लाग्न सक्छ। यस्तो विषम परिस्थितिमा धेरै मान्छे फिट रहन र आफ्नो स्फूर्ति कायम राख्नको लागि योगको सहयोग लिने गर्छन् ।

हरेक दिन स्फूर्तिमय गराउनको लागि नियमित योग गर्नु आवश्यक रहेको विज्ञहरू बताउँछन् । घरमा बस्दाबस्दा आजकल धेरैमा मांसपेशीको दुखाइ र यस्तै अन्य समस्या देख्ने गरिन्छ ।

योग गुरुहरू हरेक दिन मर्जर्यासन र बिटिलासनमा योग गर्न सुझाव दिन्छन् । यो आसन अनुसार घुँडाबाट मुनिको भागलाई सिधा जमिनमा सुताउने गरिन्छ । घुँडाले जमिनमा टेकेर अगाडि हातले जमिनमा टेक्ने गरिन्छ । टाउकोलाई केही माथि उठाएर राख्ने गरिन्छ । यही आसन नै मर्जर्यासन हो । यस्तो आसनमा बसेर बिस्तारै लामो सास लिने र छाड्ने गर्नुहोस् । यसले शरीरलाई आराम दिन मद्धत गर्छ ।

यो योगासन विशेषगरी मान्छेको दिमागलाई शान्त बनाउन केन्द्रित हुन्छ । मार्जर्यासन पोज जब लामो समयसम्म गरिन्छ, यसले मेरुदण्डमा हुनसक्ने समस्यालाई नियन्त्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस्