Logo

कस्तो अवस्थामा व्यायामले हानि पुर्याउछ स्वास्थ्यमा ?



Spread the love

कतिपय रोगबाट मुक्त गर्ने मात्र होइन, रोग लाग्नै नदिनका लागि व्यायाम अपरिहार्य एवं अनिवार्य मानिन्छ । तर, त्यही व्यायाम कतिपय अवस्थामा भने हानिकारक हुन सक्छ ।

उचित ढंगले गरिने व्यायामबाट शरीर लाभान्वित हुन्छ । तर, जथाभावी गरिने व्यायाम स्वास्थ्यका लागि हानिकारक छ । व्यायाम दिनमा दुई पटकसम्म गर्न सकिन्छ । खासगरी दैनिक ४५ मिनेट व्यायाम गर्नु उचित मानिन्छ । यदि धेरै समय व्यायाम गर्ने हो भने त्यसले फाइदा होइन, हानि गर्नसक्छ। व्यायामको लागि सर्वोत्तम समय भनेकै बिहान हो । खाली पेटमा वा दिसा पिसाब गरिसकेपछिको समय नै व्यायाम गर्नका लागि उचित हुन्छ ।

नियमित व्यायाम गरेपछि खानपानमा ध्यान दिनैपर्छ । यदि खानपान सन्तुलित भएन वा शरीरलाई पोषण पुगेन भने त्यसबाट नराम्रो असर पुग्छ ।

अधिक समय गरिने व्यायामले प्रजनन क्षमतामा समेत असर गर्ने पाइन्छ । खासगरी महिलाहरूको मासिक स्राब र गर्भाधारणमा समस्या निम्त्याउन सक्छ ।तर, समुचित ढंगले गरिने व्यायाम अति लाभदायक छ । यसले शरीरलाई सधैं तन्दुरुस्त र स्वस्थ राख्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्