२४ असार, काठमाडौं-
बोकेर पिठौमा नाम्लोडोको र घास
भोली आउछरे खुशी भन्ने ठुलो आश
चाडै फर्की आउनु है प्रदेशी छोरो…
तिम्रै लागि सोचेकी छु दुई मुठि सास
छुट्टै काहानी लिएर, तिमी आउँलाऊ नयाँ बिहानी लिएर
के गर्लाऊ छोरो तिमी, आमाको नहुँदा लाश
झस्केर चिच्याउछु, रातमा सपनीले चिथोर्दा
सारै डर लाग्छ कोही नहुँदा आसपास
एक छाकै भएपनि मिठो हुन्थ्यो सिस्नुको खोले
आमालाई सन्तान भन्दा सम्पति हैन खास
सम्झेर तिमीलाई प्रत्येक दिनमा, रून्छु म छिनछिनमा
हेर्छु कति कति हेलि चढी गएको त्यो आकाशमा
टुक्रीदा मेरो मूटु, तिम्रो छाती माथी कसरी कुटु
यदि आयौ भनेर तिमी त्यो प्रदेशी बाकसमा
म रून्छु एक्लै, तिम्रो पनि कथा होलान बेग्लै
छुटिएर कोशै टाढा, आयौ भने बनेर लाश
आमाको लागि त सन्तान नै बहुमूल्य सन्तति
मर्ने बेला के काम? आफन्त बिना त्यो सम्पती
प्रतिक्रिया दिनुहोस्