Logo

उपन्यासकार कोल्सन ह्वाइटहेड पुन: पुलित्जरबाट सम्मानित



Spread the love

एजेन्सी । अमेरिकी उपन्यासकार कोल्सन ह्वाइटहेडले पुन: पुलित्जर पुरस्कार पाएका छन् । उनलाई द निकेल ब्वाइज नामक उपन्यासको लागि सन् २०२० को उपन्यास विधातर्फको पुलित्जर पुरस्कार दिइएको हो ।

ह्वाइटहेडले सर्वप्रथम सन् २०१७ मा द अन्डरग्राउन्ड रेल रोड उपन्यासको लागि पुलित्जर पुरस्कार प्राप्त गरेका थिए । द निकेल ब्वाइजमा एउटा अफ्रिकी बालकलाई बालसुधारमा गरिएको अत्याचारलाई लिएर कथा बनाइको छ । उनी दोस्रो पटक पुलित्जर पुरस्कार पाउने चौथो लेखक हुन् । कोरोनाले गर्दा पुलित्जर पुरस्कारको घोषणा अनलाइनद्धारा गरिएको थियो । पुलित्जर पुरस्कार सन् १९१७ बाट दिन थालिएको हो ।

कोल्सन ह्वाइटहेड ५० वर्षीय अमेरिकन लेखक हुन् । सन् १९९९ मा इनट्युसियनिष्ट नामक उपन्यास लेखी साहित्य क्षेत्रमा लागेका थिए । द अण्डरग्राउण्ड रेल रोड, साग हार्बर, जोन हेनरी डेजजस्ता उत्कृष्ट उपन्यास लेखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्