१४ वैशाख, काठमाडाैँ – समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ ।
नेकपाको भातृ संगठन युवा संघले पार्टीको एकता प्रकृया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो ।
दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको उल्लेख गरेर निर्वाचन आयोगमा उजुरी गरेको संघका केन्द्रीय सदस्य अमित लामाले जानकारी दिएका छन् ।
सदस्य लामाले आफ्नो उजुरी १३९० नंम्बरमा दर्ता भएको समेत बताएका छन् ।
यो पनि पढ्नुहोस्ः नवगठित जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर टेकुमा
प्रतिक्रिया दिनुहोस्