Logo

नवगठित जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर टेकुमा



Spread the love

१४ वैशाख, काठमाडौं । सांसद सुरेन्द्र यादवलाई बुधबार राति महोत्तरीबाट उठाएर ल्याएको भन्दै समाजवादी नेपालका नेताहरूले प्रहरीमा जाहेरी दिन काठमाडौं प्रहरी परिसर टेकुमा पुगेका छन् । साथै, अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका छन् ।

पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले यादवलाई अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिन जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।

समाजवादीलगायत विपक्षी दलका नेताहरूले यो घटनालाई अपहरण भनी दाबी गरिरहेका छन्। घटनामा संलग्नहरूले भने सांसद यादव स्वेच्छाले काठमाडौं आएकाले आफूहरूमाथि झूटो आरोप लगाउन नहुने भन्दै प्रतिवाद गरेका छन्।

प्रतिक्रिया दिनुहोस्