Logo

बाबुराम-उपेन्द्र नेतृत्वको समाजवादी पार्टी रेणु यादवको नेतृत्वमा सात सांसदले फुटाउँदै



Spread the love

१० बैशाख, काठमाडाैँ । बाबुराम-उपेन्द्र नेतृत्वको समाजवादी पार्टी फुटाउन सात सांसदले निर्णय गरेका छन् । समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्वमा सात सांसदले सो पार्टि फुटाउने निर्णय गरेका हुन् ।

पार्टि फुटाउने निर्णय भएसँगै नयाँ पार्टि गठन गर्ने निर्णय पनि सात सांसदहरूले गरेका छन् ।

सोही समुहका एक सांसादले यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको बताएका छन् ।

पार्टि विभाजनका लागि महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव विशेष सरकारी सहयोगमा काठमाडाैँ ल्याइएको छ ।

अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका थिए ।

यो पनि पढ्नुहोस् !

समाजवादी र राजपाको मध्यरातमा एकता, नयाँ नाम ‘जनता समाजवादी’

प्रतिक्रिया दिनुहोस्