Logo

समाजवादी र राजपाको मध्यरातमा एकता, नयाँ नाम ‘जनता समाजवादी’



Spread the love

१० बैशाख, काठमाडाैँ । ‘जनता समाजवादी पार्टी’ नाम रहनेगरी समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । बुधबार राती काठमाडाैँमा २ पार्टिबीच सो सहमति पत्रमा हस्ताक्षर भएको हो ।

बुधबार साँझ भएको वार्तामा राजपा र समाजवादी पार्टिका तर्फबाट ४/४ जनाले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

‘जनता समाजवादी पार्टी’को झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

पार्टी एकताको सहमति भएता पनि नेतृत्वको विषयमा टुंगो नलागेको तर दुवै पार्टिका नेताहरूले यसमा समस्या नहुने जानकारी दिइएको छ ।

पार्टि एकताको सहमति पत्रमा समाजवादी पार्टिबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् भने राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्