Logo

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा, यस्ता छन् कोरोना संक्रमणका चार चरण



Spread the love

नेपालमा पहिलोचोटी एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको भएको छ ।  यसअघि नेपालमा कोरोना संक्रमण देखिएका सबै विदेशबाट आएका नेपालीहरु थिए । यो ‘लोकल स्ट्रान्समिसन’ हो, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएका थप तीनजना विरामी भेटिएको जनाएको छ । आज नयाँ ३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये दुई जना भारतबाट आएका हुन् भने एक स्थानीय महिला हुन् । 

यसरी वर्गीकरण गर्न सकिन्छ कोरोना संक्रमणका चार चरण !

पहिलो चरण : आयातित संक्रमण अर्थात् संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मात्र भाइरस देशमा भित्रिनु । अहिले सम्म नेपालमा ९ जनालाई संक्रमण देखिएको छ । जसमध्ये ८ जना विदेशबाट फर्किएका नेपाली हुन् भने स्थानीय हुन् जसमध्ये १ जना सन्चो भएर घर फर्किसकेका छन् ।

दोस्रो चरण : स्थानीय रूपमा संक्रमण फैलिनु । बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसहरू देखिने चरण । शनिबार पहिलो चोटि नेपालमा स्थानीय व्यक्तिमा संक्रमण देखिएको छ जो विदेश नगएर यही बसेका व्यक्ति हुन् । अब नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

तेस्रो चरण : सामुदायिक रूपमा संक्रमण फैलिनु । यो चरणमा संक्रमित व्यक्तिसँग सिधै सम्पर्क बिना नै सर्ने चरण हो । यो सामुदायिक संक्रमणको अवस्था हो । यो अवस्था सम्म आइपुग्दा देशका धेरै क्षेत्र भाइरसबाट प्रभावित बनिसकेको हुन्छ ।

चौथो चरण : महामारीको चरण । यो कोरोना भाइरसको अन्तिम र भयानक अवस्था हो । यो अवस्थामा पुगिसकेपछि भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ । विश्वका शक्तिशाली मुलुकले सम्म यो चरण रोक्न नसकेको अवस्थामा कम्तीमा, नेपाल यो चरणमा गयो भने हामीले रोक्न सक्ने अवस्था नै हुनेछैन ।

नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । नेपालमा पहिलो चरणमा नै कोरोनाको संक्रमणलाई रोक्नलाई लकडाउनको पूर्ण पालन गर्नुको विकल्प छैन । नेपाल सरकारले पनि कोरोना संक्रमित व्यक्तिको ट्राभल हिस्ट्री हेरेर धेरै भन्दा धेरै व्यक्तिको कोरोनाको जाँच गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्