Logo

नेपालमा कोरोना संक्रमित व्यक्ति ९ पुगे, भारतबाट फर्किएकामा पनि संक्रमण



Spread the love

२२ चैत, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएका थप तीनजना विरामी भेटिएको जनाएको छ । आज नयाँ ३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये दुई जना भारतबाट आएका हुन् भने एक स्थानीय महिला हुन् । 

मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ।

मन्त्रालयको आधिकारिक फेसबुक पेजमा राखिएको जानकारी

सेती प्रादेशिक अस्पताल धनगढीमा चैत ११ गते भर्ना भएका यूएईको दुबईबाट नेपाल आएका ३५ वर्षीय युवककी नातामा भाउजु नाता पर्ने ३४ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । परिवारका अन्य सदस्यहरुको पनि स्वाव संकलन गरी परीक्षण गर्ने गरिएको छ । तर, अहिलेसम्म कोरोना संक्रमण पोजिटिभ देखिएको छैन । ३५ वर्षीय युवकका अन्य परिवारलाई पनि आइसोलेसंमा राखिएको थियो ।

नेपालमा पहिलोचोटी एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको भएको छ ।  यसअघि नेपालमा कोरोना संक्रमण देखिएका सबै विदेशबाट आएका नेपालीहरु थिए । यो ‘लोकल स्ट्रान्समिसन’ हो, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्