Logo

अमेरिकामा प्रति मिनेट १३ जनामा नयाँ कोरोना संक्रमण



Spread the love

१५ चैत, काठमाडौं ।  कोरोना भाइरस इटाली र स्पेनपछि अमेरिकामा विनाशकको रुपमा देखिएको छ । अमेरिकामा गएको २૪ घण्टामा कोरोना भाइरसको कारणले ३૪५ जनाको मृत्यु भएको छ । यसै गरी २૪ घण्टामा संक्रमितको सङ्ख्या १८ हजारले वृद्धि भएको छ । २૪ घण्टाको संक्रमितको सङ्ख्या हेर्दा अमेरिकामा प्रति मिनेट लगभग १३ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा कोरोना संक्रमितको सङ्ख्या १ लाखभन्दा बढी पुगेको छ । अमेरिकाले चीन, इटालीलाई संक्रमितको सङ्ख्यामा पछाडि पारेको छ ।

जोन होपकिङ्ग यूनिभर्सिटीका अनुसार २૪ घण्टामा अमेरिकामा १८ हजार संक्रमित भएका छन् भने ३૪५ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको सङ्ख्या पनि अन्य देशभन्दा धेरै छन् । जोन होपकिङ्ग यूनिभर्सिटीका अनुसार अमेरिकामा १,०૪, ००७ जना कोरोनाबाट संक्रमित रहेका छन् । अमेरिकामा आजसम्म कोरोनाबाट मर्नेहरुको सङ्ख्या १६९३ रहेको छ ।

अब कोरोनाको निशाना अमेरिका रहेको प्रष्टै देखिन्छ । अमेरिकामा इटालीभन्दा १५ हजार र चीनभन्दा २० हजार बढी कोरोनाको संक्रमित रहेका छन् । तर अमेरिकामा इटालीको तुलनामा मृत्युदर भने कम छ ।

अमेरिकामा कहिल्यै नसुत्ने सहर न्यूयोर्क आजकल कोरोनाको केन्द्र बनेको छ । न्यूयोर्कमा कोरोनाको केस बढी रहेको छ । न्यूयोर्कमा मात्रै ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको यस सहरमा इटालीको जस्तो अवस्था आएको छ। अस्पतालमा बेडको कमी पाइएको छ । सुरक्षा साधनका साथै आईसीयू, भेन्टिलेटरको पनि कमी भएको छ । अमेरिकाको प्रशासनले यस चुनौतीको सामना गर्न तयारी तिव्र गतिले गरिरहेको छ ।

  • एजेन्सी ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्