Logo

कोरोनाबाट संक्रमित कनिका कपुरबारे के भन्छिन् तापशी ?



Spread the love

लण्डनबाट भारत फर्किएपछि गायिका कनिका कपुर विवादमा फसेकी थिइन् । कनिका कपुर कोरोनाबाट संक्रमित भएकी थिइन् । उनी भारतमा फर्के लगत्तै आफूलाई कोरोना भएको बताउनुको साटो पार्टी गरेकी थिइन् । त्यसपछि उनको सामाजिक सञ्जालमा आलोचना सुरु भयो । विभिन्न सेलिब्रेटीहरुले कनिकाको बारेमा बताएका छन् ।

यसै गरी थप्पडकी अभिनेत्री तापशी पन्नुले पनि कनिकाको बारेमा आफ्नो विचार राखेकी छिन् । तापशीले जुम टिभीसँग कुरा गर्दै भनेकी छिन्, “यो निकै खराब काम भयो । यदि उनलाई कोरोना संक्रमण भएको थाहा नभएको भए फरक कुरा हो तर उनलाई सबै थाहा थियो भने उनले गलत काम गरिन् । उनले यस कुरालाई ध्यानमा राख्नु पर्ने थियो ।” “कनिकाले भनेकी थिइन् कि उनी जाँचबुझको लागि गएकी थिइन् तर उनको जाँचबुझ गरिएन । यदि उनलाई शंका नै थियो भने आफूलाई आइसोलेसनमा राख्न सक्थिन् । मेरो अनुसार जिम्मेवारी दुबै पक्षको थियो म यहीं नै हो भनेर आफ्नो विचार राख्न सक्दिन”, तापशीले थपिन् ।

लण्डनबाट फर्केपछि कनिकाले सुरक्षाकर्मीको आँखा छलिन् र चेकजाँच गरिनन् । त्यसपछि उनी लखनाउ गइन् र घरपरिवारसँग भेटेर पार्टीमा समावेश भइन् । जुन पार्टीमा भारतीय जनता पार्टीका विभिन्न नेताहरुसँग भेटभाट गरिन् । जब कनिकाको रिपोर्ट पोजेटिभ आयो तब चारैतिर हलचल मच्चियो । उनलाई भेटेजति सबैले चेकजाँच गरे । सबैको रिपोर्ट नेगेटिभ आयो । कोरोना भाइरसको संक्रमण बारेमा लुकाउन खोजेको आरोपमा उनीमाथि एफआईआर तयार पारिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्