Logo

भारतमा कोरोनाको संक्रमण बढ्दो



Spread the love

१२ चैत, काठमाडौं । चीनको बुहान शहरबाट फैलिएको प्राणघातक कोरोना भाइरसबाट भारतमा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट विश्वभर ૪ लाख भन्दा बढी संक्रमित भएका छन् भने १८ हजार ९ सय ३० जनाले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी असर इटालीमा परेको छ । इटालीमा भाइरसबाट ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसले भारतलाई पनि जकडिसकेको छ । बढ्दो जोखिमलाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मध्यरातदेखि २१ दिनको लागि पुरै राष्ट्र लकडाउन गर्न आदेश दिएका थिए ।

कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या बढ्दो रहेको छ । मध्य प्रदेशमा पाँच जनामा कोरोना भेटिएको छ । ती पाँच जनाको रिपोर्ट बुधबार बिहान पोजेटिभ आएको थियो । पाँच जनामा कोरोना देखिएसँगै मध्य प्रदेशमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या १૪ पुगेको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको सङ्ख्या ११ पुगेको छ भने ५८२ जना संक्रमित भइसकेका छन् । यसै गरी कोरोनाबाट निको हुनेको सङ्ख्या भने ૪६ रहेको छ ।

  • एजेन्सी

प्रतिक्रिया दिनुहोस्