१० चैत, काठमाडौ। विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरस अहिले यसको प्रभाब नेपाल पनि परेको छ। सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले मंगलबार बिहान ६ बजेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।
प्रतिक्रिया दिनुहोस्