Logo

सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा



Spread the love

१० चैत, काठमाडाैँ – सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन् । विपद्सँग जुध्न कोष स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै उनले आफ्नो पारिश्रमिक कोषमा जम्मा गर्ने व्यवस्था गरेका हुन् ।

संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ । सरकारले कोरोना (कोभिड–१९) विरुद्ध लड्न पूर्वतयारी स्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो ।

यसैबीच, सभामुख सापकोटाले संघीय संसद् सचिवालयमा तयार गरिएको ‘आइसोलेसन’ वार्डको आज अनुगमन गरेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयको १ नम्बर भवनमा तयार गरिएको आइसोलेसनको अनुगमन गर्दै उनले सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।

कोरोना भाइरस सङ्क्रमित भेटिए अस्पताल पुर्याउनुअघि वार्डमा राख्ने व्यवस्था गरिएको संसद् सचिवालयअन्तर्गतको स्वास्थ्य एकाइका चिकित्सक पुस्पराज रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्