काठमाडौं । कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएको भन्दै हल्ला फैलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप घर भई भक्तपुरमा बस्ने सिपाडोल बसोबास गरिरहेका २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार पक्राउ गरेको हो । उनले कोरोनाका कारणले एक नेपालीको मृत्यु भइसकेको र अस्पताल र मिडियाले यस कुरालाई लुकाएको भन्दै सामाजिक सञ्जालमा भोइस क्लिप पोष्ट गरेका थिए ।
सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रमहरु फैलाइ रहेका छन् । यस्ता खालका झुटा हल्लाहरुको पछि नलाग्न प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्