काठमाडौं । विश्व अहिले डरको समुन्द्रमा पौडी खेलिरहेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरस नामक डरकाे समुन्द्रमा । विश्व स्वास्थ्य संघका अनुसार विश्वका १६८ देशमा कोरोना भाइरस पुगिसकेको छ । विभिन्न देशहरुले लकडाउन गरिसकेका छन् ।
विश्व भरीमा गरी २,७७,३१० जना संक्रमित छन् भने ११,४३१ जनाको ज्यान गइसकेको छ । ६ देशमा भने कोरोना व्यापक रुपमा फैलिएको छ । जसमा चीन, इटाली, इरान, स्पेन, दक्षिण कोरिया र जर्मनी रहेको छ । चीनमा भने धेरै नियन्त्रण भइसकेको छ । भाइरसको उत्पत्ति स्थान वुहानमा संक्रमित भेटिएका छैनन् । चीनले मार्च १२ मा महामारीबाट मुक्त भएको घोषणा गरेको थियो ।
सुरूवाती असर
कोरोना भाइरस शरीरको भित्र पुगेपछि सर्वप्रथम सास फेर्न गाह्रो हुन्छ । भाइरसले सर्वप्रथम घाँटीको आसपासको कोशमा हमला गर्दछ । त्यसपछि यसले श्वासनली र फोक्सोमा आक्रमण गर्दछ । श्वासनली र फोक्सोमा नै भाइरसले आफ्नो सङ्ख्या बढाउँछ । नयाँ बनेका भाइरस शरीरको बाँकी कोशमा आक्रमण गर्न सुरु गर्दछन् । सुरुमा कसैले पनि बिमार भएको अनुभव गदैन । तर कसै कसैमा भने संक्रमणको सुरुवातदेखि नै लक्षण देखिन सुरु गर्दछ ।
भाइरसको इन्कुवेसन पिरियड मानिस अनुसार फरक–फरक हुन सक्छ । औषतमा पाँच दिनको इन्कुवेसन पिरियड हुने बताइएको छ ।
धेरैजसो मानिसमा जुन लक्षण देखिएको छ त्यो सामान्य नै हुन्छ । भनिन्छ कि संक्रमित भएका दश जनामध्ये आठ जनामा निकै सामान्य लक्षण देखिन्छ अनि यो लक्षण खोकी र ज्वरोबाट देखिने गर्दछ । यसै गरी शरीर दुख्नु, घाँटी चिलाउनु अनि टाउको दुख्न पनि सक्छ ।
शरीरको प्रतिरक्षा प्रणालीले भाइरससँग लड्ने कोसिस भने गर्छ । शरीरमा भाइरस छिरेपछि शरीरले पुरै शरीरलाई संकेत दिने गर्दछ । त्यसपछि भाइरसलाई नष्ट गर्नको लागि साइटोकाइन नामक केमिकल निकाल्न थाल्दछ ।
रोग प्रतिरोधात्मक शक्तिले जब भाइरसलाई आक्रमण गर्न थाल्छ तब शरीर दुख्नुका साथै ज्वरो पनि आउने गर्दछ ।
कोरोना भाइरसको संक्रमण भएपछि सुख्खा खोकी लाग्ने गर्दछ । जसमा खकार आउँदैन । कुनै कुनै अवस्थामा भने खोकी नलागी घाँटी चिलाउने मात्र पनि हुने गर्दछ ।
रोग प्रतिरोधात्मक क्षमता
केही मानिसको खोकीमा खकार पनि आउन सक्छ । यस्तो अवस्थामा फोक्सोमा भएका मृत कोशहरु खकारमा मिसिएका हुन्छन् । यस लक्षणमा डाक्टरहरु तपाईंलाई आराम गर्न, धेरै पानी पिउन, अनि पारासिटामोल खानको लागि आग्रह गर्दछन् । यस्तो अवस्थामा अस्पतालमा भर्ना हुनको लागि जरुरी हुँदैन ।
यो स्थिति करिब एक सातासम्म रहने गर्दछ । जुन मानिसको रोग प्रतिरोधात्मक क्षमता भाइरससँग लड्न सक्छ त्यसको स्वास्थ्य एक सातामा सुध्रिने गर्दछ । तर कुनै अवस्थामा भने मानिसको स्वास्थ्य झन् बिग्रिने गर्दछ । त्यसपछि कोभिड–१९ को गम्भिर लक्षण देखा पर्न थाल्दछ ।
कोभिड–१९ को गम्भिर लक्षण
यदि बिमारीको सङ्ख्या बढे भने यसको अरु कारणहरु हुन्छन् । शरीरको प्रतिरोधात्मक क्षमता भाइरसलाई नष्ट गर्ने हेतुले आवश्यकभन्दा बढी काम गर्न थाल्दछ । भाइरसलाई नष्ट गर्ने निस्किएको साइटोकाइन रसायनले शरीर फुल्लिन थाल्दछ । कहिले काहीँ शरीरमा गम्भिर असर पनि पुर्याउँछ ।
फोक्सो सुन्निनुलाई निमोनिया भन्ने गरिन्छ । यो भाइरस मुख, श्वासनली हुँदै फोक्सोमा पुग्छ अनि फोक्सोलाई साना साना हावाका फोकाहरु बनाउन थाल्दछ । फोक्सोको काम शरीरमा भएको कार्बनडाइअक्साइड बाहिर निकाल्नु अनि अक्सिजन भित्र खिच्नु हो तर कोरोना भाइरसले बनाएको हावाका फोकाहरुमा पानी जम्मा हुन थाल्दछ । जसकारणले सास फेर्न गाह्रो हुन्छ अनि लामो सास फेर्न सकिंदैन । यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटरको जरुरत पर्दछ ।
चीनमा संक्रमण भएका ५६,००० मानिसलाई जम्मा गरी खोजिएको जानकारी अनुसार विश्व स्वास्थ्य संगठनको एउटा अध्ययनले १४ प्रतिशत मानिसमा यसरी संक्रमण हुने गम्भिर लक्षण देखिने बताएको थियो ।
गम्भीर अवस्था
यो पनि बताइएको छ कि ६ प्रतिशत मानिस कोरोना भाइरसको कारण गम्भिर रुपले बिमारी हुन सक्छन् । यस्तो अवस्थामा मानिसको शरीर भाइरससँग लड्न सक्दैन अनि गम्भिर रुपले बिरामी पर्दछ । यस अवस्थामा फोक्सो लगायतका अंगहरुले काम गर्न नसक्नु अनि मृत्युको जोखिम हुने सम्भावना प्रबल हुन सक्दछ । यस अवस्थामा रोग प्रतिरोधात्मक क्षमता क्षमताभन्दा बाहिर जान्छ अनि गम्भीर क्षती पुराउँछ । फोक्सो सुन्निएपछि शरीरलाई आवश्यक पर्ने अक्सिजन मिल्दैन । यसको असर सिधै मिग्रौलामा पनि देखिन सक्छ । मिर्गौलाको साथै शरीरका भित्री अंग पनि प्रभावित हुन सक्छ ।
भाइरसबाट कसरी बच्ने ?
कोरोना भाइरस (COVID19) को संक्रमणबाट बच्न निम्न सावधानी अपनाऔं:
१. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समूह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔँ ।
२. एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: प्रयोग नगरौँ वा दैनिक सफा/परिवर्तन गरौँ ।
३. घरभित्र कोठा वा भान्साकाेठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौँ । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिक रुपमा सफा राखौँ ।
४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौँ ।
५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुनपानीले तत्काल हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौँ।
६. घरका सबै सदस्यले आ-आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौँ ।
७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौँ । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौँ ।
८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पंक्षी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔँ ।
९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौँ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौँ ।
१०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रोसँग धोएर पुन: प्रयोग गरौँ ।
११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोएपश्चात
साबुनपानीले राम्रोसँग हात धोऔँ ।
१२. यदि कसैलाई ज्वरोसहितको रुघाखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा ननिस्कऔँ । घरमा छुट्टै Isolation Room मा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौँ ।
१३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔँ ।
याे पनि पढ्नुहाेस् :
साबुनले हात धुँदा कोरोना भाइरस कसरी नष्ट हुन्छ ?