काठमाडौं । राजधानीको नर्भिक अस्पतालमा कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट बिरामीको मृत्यु भएको सूचना अफवाह मात्रै भएको अस्पतालले बताएको छ ।
सामाजिक सञ्जालमा हल्ला भए अनुरुप अस्पतालमा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको नर्भिक अस्पतालले जनाएको छ ।
सामाजिक सञ्जालमा फैलिएको भोइस क्लिपमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनाको मृत्यु भएको भनी अफवाह फैलाइएको थियो । हल्लाको पछि नलाग्न अस्पतालले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्