– विलियम वर्ड्सवर्थ
डेफोडिल्स
म एक्लै घुमिरहेको थिएँ
बस उताबाट जब कुनै बादल
उड्छ उपत्यका अनि पहाडमा
अचानक मैले बगान देखेँ
डेफोडिल फूलको
तालको छेउमा, रुखमुनि
हावामा चल्दै–डुल्दै नाचिरहेको ।
ताराहरु लगातार चम्किन थाले
जसरी आकाश गंगामा चम्केसरी
एउटा विशाल धारामा लगातार
एउटा टाँपुको किनारमा लागी
एकैसाथ देखिए दश हजार
नाच्दै टाउको हल्लाउँछन् प्रत्येक पल्ट
उनीहरुको नजिक लहरहरु नाचिरहेका थिए
तर उनीहरुलाई नशा दिइरहेको थियो
यी फूलहरुको बगानले
एउटा कविको लागि योभन्दा अर्को मिठो सत्य के होला
जब साथमा हुन्छ यति मनमोहक भीड
मैले देखेँ अनि देखिरहेँ कुनै विचार नगरी
जीवनमा के यी फूलको बगानले धन ल्याउँछन् त प्यारा ।
प्रायः जब म सोफामा पल्टिन्छु
कहिले खाली, कहिले चिन्तित मनमा
आफ्नो भित्र मैले तिनको चमक देख्छु
खुशी दिन्छ एकान्तमा
अनि मेरो हृदय खुशीले भरिन्छ
जब डेफोडिल्सको साथ नाच्न थाल्दछ ।
पुतली
म तिमीलाई आधा घण्टादेखि
त्याे पहेँलो फूलमा देखिरहेको छु
अनि सानाे पुतली, वास्तवमा
मलाइ थाहा छैन कि
तिमी सुत्छौ कि खाना खान्छाै
बिना गतिहीन ! जमेको समुन्द्र होइन
अधिक गतिहीन ! अनि पछि
कुन खुशी खोजिरहेकी छौ ?, जब
हावाले तिमीलाई रुखको बीचमा पुर्याउँछ
अनि फेरि तिमीलाई अगाडि बोलाउँछ ।
बँगैचा–जमिनको यो कथा हाम्रो हो
ती मेरा रुखहरु हुन्, अनि मेरी बहिनीका फूलहरु
जब ती थाकेका भए तिमी आफ्ना पंखालाई आराम देउ
यहाँ निकुञ्जको रुपमा लाज छ ।
धेरैजसो हाम्रो छेउमा आउँछन्, कुनै गलतको डरबिना
हाम्रो छेउमा बस्छन्, निस्फिक्री हातमा
हामी घाम अनि गीतको कुरा गर्छौँ
गर्मीका दिन, जब हामी साना थियौँ ।
मिठो बालापनको दिन लामा थिए
जस्तो कि अहिले बीस दिन भएजस्तो ।
तिम्रो उडान नलिई, मेरो नजिकै
अलिकति लामो दृश्यसम्म बसिदेउ !
म तिमीमा धेरै कुराकानी भेट्छु
ए मेरो बाल्यकालको इतिहासकार !
मेरो नजिकै तैरिरहनु, अझै प्रस्थान नगर्नु
मृत समय तिमीमा पुनः जीवित हुनेछ
तिमी कलाको रुपमा समलैंगिक प्राणी हौ !
ए मेरो मुटुको गम्भीर आकृति,
मेरो बुवाको परिवार !
ओह ! ती रमाईला रमाईला दिनहरु
बचपनमा खेल्दै गरेको त्यो समय
बहिनी इमेलाइन र म
सँगै पुतलीको पछाडि भाग्थ्यौँ
म सिकारी जसरी हतारिदै
सिकारतिर उफ्रदै
झारदेखि झाडीसम्म पछ्याईरहें
तर उनी, जसलाई भगवानले प्रेम गर्थे, सामना गर्ने डरले
पखेटाबाट धुलो उडाउदै बिलिन भईन् ।