Logo

लकडाउन भएको बेलामा के के चाहिन्छ त ?



Spread the love


काठमाडौं ।
कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण रोकथाम गर्नको लागि संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार र बिहीबार गरेको निर्णयपछि देशमा ९० प्रतिशत लकडाउन भइसकेको छ । अब एक–दुई दिनमा केही निर्णय गरेपछि देश पुरै लकडाउनमा जान सक्ने सम्भावना रहेको छ ।

गएको डिसेम्बरमा चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमण देखिने बित्तिकै चीनीया सरकारले हुवेइ प्रान्त र अन्य प्रान्तबीच सम्पर्क गर्न रोक लगाएको थियो । संक्रमण नफैलियोस् भनेर यस्तो कदम चालिएको थियो ।

विश्वका अन्य राष्ट्रहरुले पनि लक डाउनको नीति लिएका छन् । समयमा लक डाउन नगर्दा धेरै देशहरुमा गम्भीर समस्या देखा परेको छ । भाइरसको औषधि नभएको अवस्थामा संक्रमणबाट जोगिन लक डाउनबाहेक अन्य विकल्प छैन ।

कोरोनाको संक्रमण फैलिन नदिन मानिसको भीडभाड हुने ठाउँमा भीडभाड कम गर्नुलाई नै लकडाउनको प्रमुख उद्धेश्य हो । लकडाउनमा विशेष गरी २५ भन्दा बढी भेला हुने ठाउँ विद्यालय, कलेज, जिमखाना, सिनेमा हल सार्वजनिक यातायात, पब, डिस्को जस्ता ठाउँहरु पूर्ण रुपले बन्द गरिन्छ ।
यति गर्दागर्दै पनि प्रतिकुल अवस्था सिर्जना भएमा लकडाउनलाई झन् साँघुरो बनाउन सक्छ ।

लकडाउन भए पनि विभिन्न वस्तुको आपूर्ति हुने उद्योग वाणिज्यले बताएको छ ।

लकडाउनको बेलामा के–के चाहिन्छन् त ?

१.चामल (कुनै प्रकारको)
२.चिउरा
३.मकै
४.नुन
५.चिनी
६.चिया
७.गहुँ, मैदा र पिठो
८.दाल
९.खाने तेल
१०.घिउ
११.दुध
१२.तरकारी
१३.मासु (सबै प्रकारका)
१४.मसला
१५.फलफूल
१६.औषधि
१७.साबुन (नुहाउने र कपडा धुने)
१८.मट्टितेल, डिजेल, पेट्रोल)
१९.रासायनिक मल
२०.दाउरा तथा कोइला
२१.सिमेन्ट
२२.छड
२३. कर्कटपाता
२४.इँट
२५.काठ
२६.पोलिथिन पाइप्
२७.कापी, कलम, सिसाकलम र मसी
२८.न्यूज प्रिन्ट

यसैगरी सरकारले स्यानिटाइजर र मास्कलाई पनि यो सूचिमा राख्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्