काठमाडौं । सरकारले जघन्य अपराधमा बाहेक सामान्य कसुरमा थुनिएका अपराधीहरुलाई रिहा गर्ने प्रक्रियाको थालनी सुरु गरेको छ ।
विश्वभर सन्त्रास फैलाइरहेको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण रोक्नको लागि सामान्य कसुरका अपराधीहरुलाई रिहा गर्ने तयारी थालेको हो ।
साेही विषयमा छलफल गर्नका लागि महान्याधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई बोलाएको छ ।
लागूऔषध दुर्व्यसनी , अभद्र व्यवहार लगायतका सामान्य अपराधका कसुरमा थुनिएका अपराधीहरुलाई रिहा गर्न महान्यायाधिवक्ता र प्रहरीबीच छलफल हुन थालेको हो ।
बिहीवार पनि प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले सरकारलाई कैदी घटाउनको लागि निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्