एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसले गर्दा इटालीमा २९७८ जनाको ज्यान गइसकेको छ ।
कोरोनाको उद्गम बिन्दु मानिएको चीनमा भने ३,२४५ जनाको ज्यान गइसकेको छ । चीनमा बुधबार नयाँ संक्रमित नभेटिएकाे चीनीया सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानमा कोरोनाको कारणले १,११५ जनाले ज्यान गुमाएका छन् भने १७,३६१ जना संक्रमित रहेका छन् । स्पेनमा पनि ६३८ जनाको मृत्यु भइसकेको छ भने १४,७६९ जना संक्रमित रहेका छन् । जर्मनीमा भने १२,३२७ जना संक्रमित हुँदा जम्मा २८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्