काठमाडौँ । प्रदेश २ को प्रदेश सभामा मंगलबार प्रदेशको राजधानी र नामबारे टुंगो नलाग्दा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हिन्दी भाषामा ट्वीट गर्दै प्रदेशको नाम ‘मधेस प्रदेश’ किन हुन सक्दैन भनेर प्रश्न गरेका छन् ।
बुधबार ट्वीट गर्दै उनले ‘पूर्वमाओवादी’ नेताहरु मातृका यादव, प्रभु साह, भरत साह तथा ‘पूर्वनयाँशक्ति’ का नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित गर्दै सो प्रश्न गरेका हुन् । अन्त्यमा उनले लेखेका छन्, ‘कुछ तो शरम करो यारो !’
उनको ट्वीटमा कतिपयले उनलाई हिन्दी भाषाभन्दा पनि प्रदेश २ मा ठूलो जनसंख्याले बोल्ने मैथिली र भोजपुरी भाषा प्रयोग गर्न सुझाव दिएका छन्
प्रतिक्रिया दिनुहोस्