![](https://i0.wp.com/www.onlinekhabar.com/wp-content/uploads/2019/09/us-dutabas.jpg?resize=676%2C409&ssl=1)
३ चैत, काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ । दूतावासको फेसबुक पेजबाट जानकारी दिँदै चैत ४ गतेबाट लागू हुनेगरी उक्त भिसा रद्द गरेको हो ।
कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका संयुक्त राज्य अमेरिकाले मंगलबारबाट लागू हुने गरी डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द गर्ने जनाएको छ । दूतावासले आज सूचना निकालेर यस्तो जानकारी दिएको हो ।
अमेरिकाले जतिसक्दो चाँडो भिसा सेवा पुर्नसञ्चालन गर्ने तर समय तोक्न असमर्थ भएको जनाएको छ । एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो, सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्