काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले हाम्रो नेपाल सुशासन अभियान सुरु गरेका छन् ।
राजधानीमा आयोजना भएको एक कार्यक्रममा बोल्दै खरेलले देशमा भ्रष्टाचार, विकृति, विसंगति बढ्दै गएकाले अभियानको थालनी गर्नु परेको बताएका थिए ।
अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणसहित अरु ८ वटा लक्ष्य राखेको छ । साझा पार्टीले झैं विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउनु पर्ने अधिकारलाई यस अभियानले पनि अगाडि सारेको छ ।
खरेलद्धारा नेतृत्व भएको अभियानमा खरेलसँग देवेन्द्रप्रसाद सिटौला, डा.नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन् ।
यसभन्दा अघि रमेश खरेलले फाल्गुण १४ गते सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीसँग मिली हाम्रो नेपाल, हामी नेपाली अभियान घोषणा गर्ने तयारी रहेको थियो तर फाल्गुण १५ मा नै अभियानमा मत मतान्तर भएको बताउँदै आफू यस अभियानबाट पछि सरेको खरेलले फेसबुकमार्फत् जानकारी गराएका थिए ।