एजेन्सी । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोनाको महामारीबाट चीन मुक्त भएको घोषणा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बेइजिङमा पत्रकार सम्मेलनमा बोल्दै मी फोङ्गले कोरोना भाइरसको महामारी सकिएको जनाएका थिए ।
फोङ्गले देशको अवस्थामा धेरै सुधार भएको र वुहानमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या सिंगल डिजिटमा झरेको बताएका थिए ।
कोरोना भाइरसको संक्रमण अहिलेसम्म ११४ देशमा फैलिइसकेको छ । तर अरु देशमा फैलिंदै गर्दा चीनमा भने संक्रमित र मृत्यु हुनेहरुको सङ्ख्यामा निकै कमी आएको छ ।
विश्वभरमा कोरोनाको कारणले संक्रमित हुनेहरुको सङ्ख्या १ लाख २६ हजार ६६० रहेको छ । जसमध्ये चीनमा ८० हजार ५६२ रहेका छन् । चीनपछि धेरै मात्रामा इटालीमा फैलिएको छ । इटालीको सरकारले सबै जनतालाई क्वारेन्टाइनमा बस्न आग्रह गरिसकेको छ ।