Logo

काेराेनाकाे कारणले जापानले एकैपटक रद्द गर्‍यो लाखौँ चिनियाँ र कोरियनको भिसा



Spread the love

काठमाडौं – जापानले कोरोना भाइरसको जोखिम रोक्न भन्दै एकै पटक लाखौँ चिनियाँ र दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको छ ।

जापानको परराष्ट्र मन्त्रालयका अनुसार एकै पटक २८ लाख चिनियाँ र १७ हजार दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको हो । सोमबारदेखि हङकङ र मकाउका नागरिकको पनि भिसा रद्द गर्ने जापानले जनाएको छ ।

तर जापान आइसकेकाहरुको भिसा भने तत्काललाई रद्द गरिएको छैन ।

आफ्ना नागरिकको भिसा रद्द गरेपछि दक्षिण कोरियाले अनुचित र अवैज्ञानिक निर्णय गरेर समस्या पार्न खोजिएको भन्दै जापान सरकारको आलोचना गरेको छ । जापानामा काेराेनाकाे कारण ६ जनाकाे ज्यान गएकाे छ भने ४२० जनामा संक्रमण देखिएकाे छ ।

काेभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या ३ हजार ४९१ पुगेको छ भने दक्षिण काेरियामा काेराेनाबाट संक्रमित हुनेहरूकाे सङ्ख्या ६,७६७ पुगेकाे छ भने मृत्यु हुनेहरूकाे सङ्ख्या ४४ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्