Logo

विद्यालय र क्याम्पस तत्कालका लागि बन्द गर्न सांसद भुसालको माग



Spread the love

२३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतमले विद्यालय र क्याम्पसमा पठनपाठन बन्द गर्न माग राखेकी छन् ।नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहेको भन्दै उनले लाखौं विद्यार्थी विद्यालय र क्याम्पस गइरहेकोले सतर्कता अपनाउनु पर्ने बताएकी हुन् ।

सरकार र जिल्ला प्रशासन कार्यालयले पनि भिडभाडमा नजानू, घरबाट बाहिर ननिस्कनु भनेकोले विद्यालय र क्याम्पस तत्काल बन्द गरिनु पर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्