काठमाडौं । भारतका नवनियुक्त राजदूत विनयमोहन व्कोत्राले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदा पत्र बुझाएका छन् ।
बिहीबार नेपालका लागि राजदूत व्कात्राले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विनयमोहन व्कोत्रो नेपालका लागि २५ औँ राजदूत बनेका छन्। गत डिसेम्बरमा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल सकिए पछि व्कात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई नेपालका लागि राजदूत नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्