Logo

कोभिड–१९ को आशंकामा रहेका ४ बिरामीको रिपोर्ट नेगेटिभ



Spread the love


काठमाडौं । कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको आशंकामा टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका ४ जना बिरामीको रिपोर्ट नेगेटिभ आएको छ ।

४ जना बिरामीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालले बताएको छ ।

आइतबार चीनबाट १ जना र कोरियाबाट आएका ३ जना गरी ४ जनालाई अस्पतलामा राखिएको थियो । कोरोनाको आशंकामा टेकुमा २३ जना बिरामीलाई आइसोसेसनमा राखिएको छ । कोरोनाको रिपोर्ट नेगेटिभ आइ घर फर्किनेहरुको सङ्ख्या १९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्