काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको भोइस क्लिप सार्वजनिक भएपछि सूचनामन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले आफूलाई झुटो आरोप लगाएको भनी जिल्ला अदालत पुगेका छन् ।
बास्कोटाले ट्विटरमार्फत् आफूमाथि लगाइएको झुटो आरोपको विरुद्ध जिल्ला अदालतमा न्याय माग्दै मुद्धा हालेको बताएका छन् ।
सेक्युरिटी प्रेस खरिदमा विजय मिश्रसँग कमिसन मागेको भोइस क्लिप सार्वजनिक भएपछि उनले सन्चारमन्त्रीबाट राजिनामा दिएका थिए ।
प्रधानमन्त्री केपाी शर्मा ओलीले बिहीबार सार्वजनिक कार्यक्रममा बोल्दै बास्कोटाको नक्कली आजाज भएको र उनलाई फसाउन खोजिएको भन्दै उनको पक्षमा उभिएका थिए । बास्कोटा ओलीका निकै विश्वासपात्रका रुपमा चिनिन्छन् ।
प्रतिक्रिया दिनुहोस्