Logo

सर्वसम्मत निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ, मान्नुहुन्छ – अध्यक्ष प्रचण्ड



Spread the love

१६ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषदले राष्ट्रिय सभामा सिफारिस गर्ने सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास ब्यक्त गरेका बताएका छन्। एक कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान गृह जिल्ला चितवन पुगेका भरतपुर विमानस्थलमा पत्रकारहरूसँग बोल्दै सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नुपर्ने बताए।

‘महासचिव र प्रवक्ताले यो कुरा सार्वजनिक गरिसक्नुभएको छ, प्रधानमन्त्रीले यो कुरा मान्नुहुन्छ,’ प्रचण्डले भने,‘तपाईंहरूले एकदुई दिनमा थाहा पाउनुहुन्छ। उहाँले (प्रधानमन्त्री) ले मान्नुहुन्छ, मान्नैपर्छ।’

प्रधानमन्त्रीले वामदेवलाई सिफारिस नगर्ने कुरा आफूले कल्पना पनि नगरेको प्रचण्डको भनाइ छ।‘उहाँले गर्नुहुन्छ, मैले त्यत्ति बुझेको हो। प्रधानमन्त्रीले सिफारिस नगरे के हुन्छ भन्ने कुरातिर म अहिले जान चाहन्नँ,’ प्रचण्डले भने,‘प्रधानमन्त्री र मेरो संयुक्त अध्यक्षतामा बसेको बैठकले गरेको सर्वसम्मत निर्णय गरेको हो।’

प्रतिक्रिया दिनुहोस्