Logo

हाम्रो नेपाल, हामी नेपाली अभियानबाट पछि हटे खरेल



Spread the love


काठमाडौं । पूर्व डीआईजी रमेश खरेलले सुरुवात गर्ने भनिएको हाम्रो नेपाल, हामी नेपाली अभियान औपचारिक रुपमा सुरु हुन नपाउँदै सेलाएको छ ।

विविध विषयहरुमा विमत उत्पन्न भएको भन्दै खरेल अभियानबाट पछि हटेका हुन् ।
खरेलले आफ्नो नेतृत्वमा हाम्रो नेपाल, हामी नेपाली अभियानको घोषणा हुने दिनमा नै अभियानबाट हटेका छन् । खरेलसँग देवेन्द्र सिटौला र राजकुमार यादव पनि कार्यक्रममा सहभागी हुने छैनन् ।

पहिला राखेका विषयहरुभन्दा नयाँ विषयहरु आएको र आफू त्यसमा सहमती हुन नसकेको भन्दै आफू पछि हटेको खरेलले बताएका छन् । अभियानमा सक्रियता नभए पनि देश र समाजको भलोको लागि कसरी अगाडि बढ्ने भनी छलफल गर्ने पनि जनाएका छन् ।

हाम्रो नेपाल, हामी नेपाली अभियानमा आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही पनि सामेल थिए ।

प्रतिक्रिया दिनुहोस्