Logo

संसदमा बाबुरामको प्रश्न: जडौरी लगाउने नेताको कसरी काठमाडौंमा घर बन्यो ?



Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार संसदमा बोल्दै जडौरी लगाउने नेताको कसरी काठमाडौँमा घर बन्यो भनी प्रश्न गरेका छन् ।

बाबुरामले भने,“हिजो हामीले साथीहरुले दिएको जडौरी लुगा लगाएर हिँड्थ्यौँ, साथीहरुले दिएको चप्पल लगाएर हिँड्थ्योँ । आज हामी कसरी सुटेडबुटेड भएका छौँ, कसरी चिल्ला कारमा हिँडेका छौँ, कसरी हाम्रा महल छन् ?”

उनले सरकारको दुईवर्षे कार्यकाल जनताको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात् भएको जनाए । सबै नेताहरु पथभ्रष्ट भएको र सम्पत्ति छानछिन हुनुपर्ने बताएका छन् ।

संविधान संशोधनको विषयलाई लिएर उनले भने,“कार्यकारी निर्वाचित राष्ट्रपति, समानुपातिक संसद र जनलोकपाल विलका विषयमा संविधान संशोधन होस् तर प्रधानमन्त्री बनाउन नहोस् ।”

प्रतिक्रिया दिनुहोस्